लागुऔषध कोरेक्ससहित ५ जना पक्राउ

24
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१५ –

लुकाएर राखेको चार बोतल कोरेक्ससहित इलाका प्रहरी कार्यालय लाहानको टोलीले पाँचजनालाई पक्राउ गरेको छ । लहान-२ मा रहेको मोहम्मद मुर्तजाले सञ्चालन गरेको ग्रिल पसल पछाडी प्लाष्टिकको भाँडोमा लुकाइराखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स बरामद गरेको हो । प्रहरीले विशेष सुराकीको आधारमा लागुऔषधसहित लहान-२ का मोहम्मद तैयब बावु, मोहम्मद समीम, रोहित साह सुडी, लहान-३ का विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान-१ मा बस्दै आएका शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले बिक्रीवितरणको लागि कोरेक्स ल्याएर राखेको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिनुभएको छ ।  बरामद गरिएका मध्ये २३ वटा बोतल भने खाली अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दाचलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here