लागुऔषध चरेससहित दार्चुलामा एक जना पक्राउ

22
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ६ – झण्डै दुई किलो लागुऔषध चरेससहित दार्चुलामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अपि नगरपालिका-१० बाँजका ४८ वर्षका बलदेव सिंह महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक केदार खनालले जानकारी दिनुभयो । विशेष सुराकीको आधारमा प्रहरीले महरालाई आफ्नै पसल अपि नगरपालिका–११ बागाँबगरवाट दुई किलो २ सय ग्राम चरेससहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक खनालले बताउनुभयो । चरेस जोखिरहेका बेला पक्राउ परेका महराको पसलबाट तराजु र ढकसमेत बरामद गरिएको छ । उनलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको छ । महरालाई एक वर्षदेखि तीनवर्षसम्म कैद हुनुका साथै ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने अथवा दुबै सजाय पनि हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here