लागु औषधसहित कपिलवस्तुमा एक जना पक्राउ

16
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,३०–

लागु औषधसहित प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–९ का १७ वर्षीय सञ्जय खटिक रहेको प्रहरीले जनाएको छ । भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याएको अवस्थामा यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट खटिकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो । पक्राउ परेका खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोइन फेला परेको जनाएको छ । हाफ पाईन्ट भित्र दुई वटा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here