लागूऔषधसहित झापाबाट दुई जना पक्राउ

35
Want create site? Find Free WordPress Themes and plugins.

भदौ, २९

झापाको विर्तामोड नगरपालिका-५ बाट प्रहरीले ठूलो परिमाण लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार राति विशेष सुराकीका आधारमा चेकजाँच गर्दा दमकको बेलडाँगी शिविरमा बस्ने २४ वषर्ीय सुवास चौहान र २६ वषर्ीय देवेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । उनीहरुको साथबाट ९९ पत्ता अर्थात् १ हजार ९ सय ८० ट्याब्लेट नाइट्रोजन बरामद गरिएको छ । उनीहरुले भारतबाट २० हजार रुपैयाँमा उक्त परिणामको लागूऔषध खरिद गरेर ल्याएको बयान दिएको इलाका प्रहरी कार्यालय, अनारमनीका इन्स्पेक्टर जनार्दन निरौलाले जानकारी दिए । पक्राउ परेका चौहान र गुरुङलाई जिल्ला अदालत झापाबाट बुधबार म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु लागुऔषध ओसारपसार र विक्री वितरणमा लामो समयदेखि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी झापा भित्र्याइएका लागुऔषधलाई दमक, इटहरी, धरान लगायतका क्षेत्रमा विक्री वितरण गरिने जनाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here