लामाको भेषमा आएका व्यक्ति लाखौँ ठगेर फरार

33
Want create site? Find Free WordPress Themes and plugins.

जेठ १८ – लामाको भेषमा आएका एक व्यक्तिले फिदिममा लाखौँ रुपैयाँ ठगेर भागेका छन् । आफूलाई तेन्जिङ लामा बताउने लामाको भेषमा आएका ती व्यक्तिले फिदिमका विभिन्न १० जना व्यक्तिबाट १८ लाख ४८ हजार तीन सय ६५ रुपैयाँ ठगेर भागेको प्रहरीले जनाएको छ ।

गएको ४ गते फिदिम आएर सगुन होटलमा बस्दै आएका उनले आफू अवतारी लामा भएको र विभिन्न व्यक्तिको विगत र भविष्य थाहा भएको भन्दै १३ दिनसम्म बसेका थिए । सगुन होटलका प्रोपाईटर सुरज रुम्बाका अनुसार १०२ नम्बर कोठामा बसेका आफूलाई लामा बताउने ति व्यक्तिले महिला र अन्य व्यक्तिहरुको अनुहार हेरेरै भविष्यबाणि गरिदिने र राम्रो हुनका लागि सुन चाँदिका गर गहना पूजा गरे ग्रह दशा काटिने भन्दै विभिन्न व्यक्तिबाट सुन चाँदीका गरगहना समेत राखेका थिए ।

विभिन्न प्रलोभनमा पारेर आफ्नो १० तोला सुन पनि लगेको फिदिमकी लक्ष्मी स्याङ्बो तामाङले बताउनुभयो । होटलबाट सोमबार दिउँसो १२ बजेदेखि ती व्यक्ति भागेपछि स्थानीय बासिन्दाले आफू ठगिएको थाहा पाएका थिए ।

होटलबाट ती व्यक्ति हराएपछि उनी बसेको कोठा हेर्दा सुन र नगद केही पनि नभएको उनीहरुले बताएका छन् । पछि आफूहरु ठगिएको भन्दै १० जनाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here