लायन्स क्लबले गर्यो १५० वटा विभिन्न प्रजातीका फलफुल एवम् मसलाजन्य विरुवाको वृक्षारोपण

119
Want create site? Find Free WordPress Themes and plugins.

असार,१७-

लायन्स क्लब अफ हेटौँडा बजार ग्रीन सिटिको आयोजनामा शनिबार हेटौँडा–९ लामसुरेस्थित मानवसेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातीका फलफुल तथा मसलाजन्य विरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ हेटौँडा बजार ग्रीन सिटिका का अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्ष    क डा.गोविन्द टण्डन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडी, , वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा.कपिलदेव उपाध्याय, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का डिस्ट्रिक्ट एडभाइजर शम्भु नकर्मी, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको आतिथ्यता रहेको थियो । क्लबले आगामी दिनमा पनि हेटौँडालाई हरित नगरी बनाउनको लागि अरु कार्यहर गर्दै जाने क्लबका अध्यक्ष ध्रुब अधिकारीले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here