ला लिगाका खेल रोकिँदै

51
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २३ – स्पेनिस ला लिगाका खेल पछि सर्न सक्ने स्पेनिस फुटबल लिग एलएफपीका अध्यक्ष जाविएल टेबासले बताएका छन् । तापक्रम अत्याधिक भएकाले यो हप्ताको अन्त्यमा हुने ला लिगाका खेल पछि सार्न सकिने अध्यक्ष टेबासले बताए । स्पेनको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । यस्तै तातो हावा चलेकाले खेल पछि सार्न सकिने एलएफपीले जनाएको छ । विशेषगरी अपराहन्नको समयमा हुने खेल बढी प्रभावित हुने छन् । रियल मड्रिड र ओसासुना तथा सेल्टा डि भिगो र एथ्लेटिको मड्रिडबिचको खेल पछि सर्ने सम्भावना छ । तापक्रम ३६ डिग्री भन्दा कम नभएमा खेल पछि सर्ने टेबासले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here