लियोद्धारा मामाघरका भान्जाहरुलाई रक्षा बन्धन

77
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१३-

लियो क्लव अफ हेटौंडा पाथिभराले  जनै पुर्णिमाको अवसरमा हेटौंडा ४ अबस्थित मामाघर नेपालमा रक्षा बन्धन कार्यक्रम गरेको छ । लियो क्लव अफ हेटौंडा पाथिभराको प्रेसिडेन्ट श्रेना शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपालका १८ जना भान्जाहरुलाई राखी बाधिएको थियो  । त्यसै गरि लायन्स डिस्ट्रिक एडभाइजर शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नकर्मीले मामाघर नेपालका भान्जाहरुको लागि ५ हजार रुपैया सहयोग गरेका लियो क्लव अफ हेटौंडा पाथिभराकी सचिव लियो यसोदा गौतमले जानकारी दिइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here