लियो क्लबको काउन्सीलिङ कार्यक्रम हेटौडामा हुने

45
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा २ असार,धमेन्द्र
हेटौँडामा रहेको ५ वटा लियो क्लबहरुको आयोजनामा बि‘२’ क्षेत्र अन्र्तगतको ७० वटा लियो क्लबको सहभागितामा हेटौँडामा २ दिने ‘अफिसर स्कुलिङ एण्ड काउन्सीलिङ’ कार्यक्रम हेटौँडामा हुने भएको छ । ५ वटा लियो क्लबले आज हेटौँडामा संयुक्त पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएके हो । कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक तारानाथ धमलाले हेटौँडामा पहिलो पटक गरिन लागेको कार्यक्रममा ७० वटा लियो क्लबको ५० जना महिला प्रतिनिधि सहित १ सय ६० भन्दा धेरै सहभागि हुने जनाए । शुक्रबारबाट २ दिन सम्म हेटौाडामा चल्ने कार्यक्रमा बि २ अन्र्तगतको लियो क्लबहरुके अध्यक्ष सहितकाको प्रतिनिधिहरु सहभागि हुने जनाईएको छ । करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको कार्यक्रममा हेटौाडामा क्रियाशिल सम्पूर्ण १४ वटै लायन्स क्लबहरुको सहयोग रहेको धमलाले बताए । युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास सहित सामजिक कार्यमा क्रियाशिल रहने लियो क्लबहरुले मकवानपुरमा कार्यक्रमको आयोजना गर्न पाउनु गौरवको विषय भएको जनाएका छन् । कार्यक्रमले मकवानपुरको पहिचान बढाउन थप मदत पुग्ने पत्रकार सम्मेलन मार्फत जनाईएको छ । हेटौँडामा १४ वटा लायन्स क्लब र लियो क्लब अफ हेटौँडा, हेटौँडा बजार लियो क्लब, लियो क्लब अफ हेटौँडा ग्रिन सिटी, लियो क्लब अफ हेटौँडा लर्ड बुद्ध तथा लियो क्लब हेटौँडा भुटनदेवी गरि पाँचवटा क्रियाशिल छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here