लिसेस्टरमाथि चेल्सीको सहज जित

33
Want create site? Find Free WordPress Themes and plugins.

३० असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले डिफेण्डिङ च्याम्पियन लिसेस्टरमाथि सहज जित हात पारेेको छ । शनिबार भएको खेलमा चेल्सीले लिसेस्टरमाथि ३-० को जित हात पारेको हो । यो लिसेस्टरले चौथो अवे हार हो । स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले सातौं मिनेटमा डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा इडेन हजार्डले गोल गरे । दोस्रो हाफमा पनि लिसेस्टर खेलमा र्फकन सकेन । ८० औं मिनेटमा मोइजले गोल गर्दै घरेलु टोली चेल्सीलाई ३-० को शहज जित दिलाएका छन् । जितपछि चेल्सी ८ खेलबाट १६ अंकका साथ पाँचौ स्थानमा छ भने लिसेस्टर ८ अंकसहित १३ औं स्थानमा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here