‘लुट २’को पहिलो गीत ‘ठमेल बजार’ युट्युबमार्फत् सार्वजनिक

154
Want create site? Find Free WordPress Themes and plugins.

निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लुट २’ ले आफ्नो पहिलो गीत ‘ठमेल बजार’ युट्युबमार्फत् सार्वजनिक गरेको छ । ‘लैजाउ घुमाउन मलाई ठमेल बजार, ट्याउसी चढाउँदै’ बोलको उक्त गीतमा एलिसा राईले सुन्दरी बनेर आइटम डान्स पस्केकी छन् । आइटम गीतमा निर्देशक बस्नेत स्वयं पनि फिचरिंग छन् । एकतारे र कालीप्रसाद बाँसकोटाले संयुक्त रुपमा रचना गरेको उक्त गीतलाई स्वयं कालीप्रसाद, मीना निरौला र भानुभक्त ढकालले लोक स्वादमा गाएका छन् । संगीतमा पनि कालीप्रसाद नै रहेका छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको ‘ठमेल बजार’ मा एलिसाले लगाएको ठूम्काले यसअघि ‘उध्रेको चोली’ आइटम गर्ल सुष्मा कार्कीलाई बिर्साउन सक्ने संकेत देखाएको छ ।

प्रिन्सेस मुभिज र ब्ल्याकहर्स पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको ‘लुट २’ यसअघि निश्चलले नै निर्देशन गरेको ब्लकबस्टर्स हिट ‘लुट’ कै सिक्वेल हो । फागुन १३ मा देशव्यापी प्रदर्शनमा आउने भनिएको ‘लुट २’ प्रि–प्रोडक्सनदेखि नै चर्चामा छ । छायांकनमा जानुअघि नै सार्वजनिक गरिएको ‘लुट २’ को टिजर नै चार महिनाभित्रमा सात लाख ६० हजार पटक युट्युबमा हेरिएको छ ।
‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, ऋचा शर्मा, विपिन कार्की, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भुमिका रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here