लोकगायिका कोमल वली राप्रपामा प्रवेश,अध्यक्ष कमल थापाद्रारा फूलमाला लगाइदिएर पार्टीमा स्वागत

69
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर, ६

लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे । आफ्नो सम्बोधनको अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । लगत्तै उनले लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए । जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् । उनले राजनीति नामक फिल्ममा पनि अभिनय गरेकी छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here