लोकमानको घरमा म्याद टाँस्न गएको टोली घरमा कोही नभेटेर यत्तिकै फर्कियो

34
Want create site? Find Free WordPress Themes and plugins.

असोज १९ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सूचना टाँस्न गएको सर्वोच्चको टोली सूचना नै नटाँसी फर्किएको छ । सूचना टाँसेर सर्वोच्चको म्याद बुझाउन कार्कीको बानेश्वर हाइटमा रहेको घरमा गएको सर्वोच्चको टोली घरमा कोही नभेटेपछि फर्किएको हो । टोली घरमा पुग्दा डेरा गरी बस्ने केही मानिस थिए । उनीहरुले आफूहरुलाई कार्की कहाँ हुनुहुन्छ केही थाहा नभएको र घरमा अरु कोही नभएको जानकारी दिए । म्याद बुझाउन सर्वोच्चको टोलीले घरमा परिवारका सदस्य कोही नदेखेपछि वडा कार्यालयका सचिव सरिता राईको रोहवरमा मुचुल्का गरेर म्याद टाँस्न वडा कार्यालय पनि गएको थियो । तर काम विशेषले सचिव राई पनि बाहिर गएकाले काम हुन सकेन । कार्कीको नियुक्तिका बारेमा परेको रिटमा सुनुवाईका लागि अदालतले कार्कीलाई सर्वोच्चमा उपस्थित हुन म्याद तोकेको पत्र दिनु पर्ने छ । तर कार्की विदेश गएको र म्याद बुझ्न अस्वीकार गरेको भन्दै घरमै गएर म्याद टाँस्ने निर्णय सर्वोच्चले गरेको हो । वडा सचिवको रोहबरमा कार्कीको गेटमा सूचना टाँसिने काम पनि वडा सचिव र घरमा कोही नहुँदा पूरा हुन सकेन । आयोगका प्रमुख आयुक्त कार्की नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गर्नु भएको थियो । सर्वोच्चले त्यो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । तर पछि फेरि अदालतले त्यसलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझे पनि कार्कीले त्यो पत्र बुझ्न अस्वीकार गर्दै आउनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here