लोकमानको घरमा युवाको समूहले रोक्यो म्याद टाँस्न

37
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्ने सर्वोच्च अदालतको प्रयास सोमबार पनि असफल भएको छ । दसैँ अघि नै म्याद टाँस्न सर्वोच्चले टोली खटाएको भए पनि टोलीले अहिलेसम्म म्याद टाँस्न सकेको छैन । म्याद टाँस्नका लागि बानेश्वर हाइटमा रहेका कार्कीको घरमा पुगेका सर्वोच्चका दुई जना कर्मचारीलाई स्थानीय बासिन्दा हुँ भन्ने केही युवाले म्याद टाँस्न नदिई फर्काएका छन् । ती युवाहरुले घर आफूहरुले भाडामा लिएको र यो घरमा कार्कीका कोहि पनि नबस्ने भन्दै म्याद टाँस्न नदिएका हुन् । दसैँअघि मुचुल्का तयार गर्न चाहिने १० नम्बर वडाकी सचिव सरिता राई कार्यालयमा उपस्थित नभएपछि म्याद टाँस्न सकिएको थिएन । त्यसको भोली पल्ट म्याद टाँस्न खटिएका तामेलदार शम्भु खत्री सम्पर्कविहीन भएका थिए । कार्कीलाई प्रमुख आयुक्तमा नियुक्ति गर्न नमिल्ने भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्चले भदौ ३१ गते पुनरावलोकन गर्ने निर्णय गरेको थियो । निर्णयपछि प्रमुख आयुक्त कार्कीलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको म्याद तामेली पत्र सर्वोच्च प्रशासनले कार्कीका नाउमा काटे पनि अहिलेसम्म बुझाउन सकेको छैन । १० दिनका लागि भनेर क्यानडा गएका प्रमुख आयुक्त कार्की एक महिनादेखि विदेशमा हुनुहुन्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here