लोकमानको घरमा सर्वोच्चको म्याद बुझाइयो

28
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २ – लामो प्रयासपछि सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको हो । सोमबार काठमाडौं महानगरपालिका १० नम्बर वडामा सचिवको रोहबरमा मुचुल्का तयार पारेर बानेश्वर हाइटमा रहेको कार्कीको घरमा म्याद टाँस्न पुगेको सर्वोच्चको टोलीलाई कार्कीका आफन्तले अवरोध गरे पनि मंगलबार टोलीले म्याद टाँसेको छ । म्यादमा कार्कीलाई १५ दिनभित्र अदालत उपस्थित हुन आदेश गरिएको छ । म्याद तामेल गर्न खटिएका तामेल शाखा प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकालसहितको टोलीले कार्कीको घरमा म्याद बुझाएको प्रतिवेन सर्वोच्च प्रशासन बुझाएको छ । म्याद तामेल भएपछि कार्कीको मुद्दा पेशी चढाउनका लागि योग्य भएको छ । कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गर्न योग्यदा नपुगेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्चले ब्युत्याएपछि कार्कीलाई अदालत उपस्थित हुन आदेश गरिएको हो । २०७१ असोज ८ गते खारेज गरेको योग्यतासम्बन्धि रिट सर्वोच्चले गएको भदौ ३१ गते पुनरावलोकन गर्ने अनुमति दिएको थियो । यस्तै, अघिल्लोपटक म्याद तामेल गर्न खटिए पनि काम पूरा गर्न नसकेको भन्दै तामेलदार शम्भु खत्रीलाई सर्वोच्चले कारबाही गर्ने तयारी गरेको छ । दुईपटक कार्कीको घरमा म्याद टाँस्न गए पनि खत्री मुचुल्कासमेत नउठाइ फर्किपछि सर्वोच्चले खत्रीलाई कारबाहीको तयारी गरिएको हो । तामेलदार खत्रीविरुद्धको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई भएको छ । प्रशासनको निर्देशनअनुसार समयमा म्याद नबुझाउने कर्मचारीलाई १५ दिन कैद वा एक हजार जरिवाना गर्न  सकिने कानुनी व्यवस्था छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here