लोकमानले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाई जिम्मेवारीबाट मुक्त

35
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसिंह कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाई हटाएको छ ।  कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । हटाइएकामा वरिष्ठ अधिवक्ता कोमल घिमिरे, कानुन विशेषज्ञ भानुभक्त पोख्रेल, बालचन्द्र आचार्य र करुणाकर मल्लिक छन् । यस्तै कार्कीले स्वास्थ्य विज्ञका रुपमा नियुक्त गरेका डा. नीलमणि बराल, भूमिसुधार विज्ञ हुपेन्द्रमणि केसी र अर्थ विज्ञ रामहरि अर्याल पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।मेडिकल विज्ञका रुपमा नियुक्ती पाएकी कार्कीकी छोरी आध्याश्री कार्कीलाई पनि अख्तियारले जिम्मेवारीबाट हटाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here