लोकमानले राज्यलाई आतंकित गरेकाले महाअभियोग

21
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ९ – अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोगमाथि ब्यवस्थापिका संसदमा छलफल सुरु भएको छ । मंगलबारकोे बैठकको सुरुमै महाअभियोगका प्रस्तावक समेत रहेका सांसद महेन्द्रबहादुर शाहीले राज्यविरुद्धको कसुर गरेकाले लोकमानविरुद्ध महाअभियोग लगाइएको बताउनुभयो । राज्यका उच्च तहका ब्यक्तिको फोन डिटेल लिएर राज्यविरुद्ध कसुर गरेको उहाँको दाबी थियो । यस्तै, विधि र संवैधानिक दायित्वलाई बिर्सेर राज्यलाई आतंकित पारेको, संसदीय समितिलाई अटेर गरेको, अदालको म्याद तामेलीमा झिजिलान्ते प्रयोग गरेर अदालतको अवहेलना गरेको, काठमाडौ विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा हस्तक्षेप गरेको, आफन्तको लगानी भएको किष्ट मेडिकल कलेजमा बढी भर्ना गराएको, आयोगकै अरु आयुक्तलाई पनि थाहा नदिइ आफूखुसी निर्णय गर्ने र गुटबन्दी गर्ने गरेको,  महत्वपूर्ण मुद्दा तामेलीमा राखेको तथा विधिको शासनको धज्जी उडाएकाले लोकमानविरुद्ध महाअभियोग लगाउनुपरेको उहाँको भनाई छ । भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रणका नाममा अनुसन्धान गरिरहेको विषयमा पत्रकार सममेलन गरि ब्यक्तिलाई अपमान गर्ने गरेको पनि उहाँले संसदमा दाबी गर्नुभयो । यो प्रस्तावले भ्रष्टाचार नियन्त्रण गर्ने निकायको मनोबल नगिर्ने बरु आफूखुसी जथाभावी गर्ने क्रम रोकिने सांसद शाहीले दाबी गर्नुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here