वंशगोपाल क्याम्पस अध्यक्षमा चौलागाईं

36
Want create site? Find Free WordPress Themes and plugins.

भदौ, २७

मकवानपुर जिल्लाको तेस्रो बहुमुखी क्याम्पस वंशगोपाल बहुमुखी क्याम्पस संचालक समितीको अध्यक्षमा उज्वल चौलागाईं नियुक्त भएका छन् । हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल बहुमुखी क्याम्पको सञ्चालन समितीले सिफारिस गरे अनुसार त्रिभुवन विश्व विद्यालय डिनको कार्यालय काठमाडौंले अध्यक्ष पदमा नियुक्ति पत्र पठाएपछि चौलागाईंले नेतृत्व सम्हाल्ने भएका हुन् । भदौ ११ गते भएको क्याम्पस सञ्चालक समीतिको साधारणसभाले तेस्रो कार्यकालको लागि चौलागाईंसहित रामहरि न्यौपाने र कृष्णप्रसाद संजेलको नाम सिफारिस गरेको क्याम्पस प्रमुख रमेशप्रसाद लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार त्रिवि डिनको कार्यालयले भदौ २७ गते सोमबार चौलागाईंलाई अध्यक्षमा नियुक्त गरिएको पत्र क्याम्पसलाई पठाएको छ । ३ वर्षे कार्यकालको लागि चौलागाईं अध्यक्षमा नियुक्त भएसँगै क्याम्पसको शैक्षिक गुणस्तरका लागि आफ्नो कार्यकाल महत्वपूर्ण रहेको खबरब्रेकलाई बताए । उनले आफ्नो कार्यकाल अवधिभर बंशगोपालको शिक्षा र गुणस्तरीय विद्यार्थी उत्पादनमा कुनै सम्झौता नगर्ने दाबी गरे । आफु तत्कालिन बंशगोपाल मावि पूर्वविद्यार्थी समेत रहेकाले विद्यालय र क्याम्पसको शैक्षिक तथा भौतिक विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । हाल मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकाय अध्ययन हुने क्याम्पस संचालनक समितिमा १५ सदस्यीय कार्यसमिति हुने व्यस्था रहेको जनाइएको छ । नियुक्त, मनोनयन र निर्वाचन प्रक्रियामार्फत् कार्यसमितिले यस अगाडीनै पुर्णता पाइसकेको  छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here