वाढी पीडितलाई २५ हजार राहत उपलब्ध गराउने सरकारको निर्णय, १५ लाख सहुलियत ऋण

85
Want create site? Find Free WordPress Themes and plugins.

असार,२६-

सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो ।  साथै सबै बाढी पीडीतलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैया सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ ।

प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here