विद्यालयको पढाइ रोकेर सप्तरीमा काँग्रेसको अधिवेशन

40
Want create site? Find Free WordPress Themes and plugins.

१० फागुन, सप्तरी । नेपाली कांग्रेसले सोमबार तामझामका साथ सप्तरीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । नयाँ नेतृत्वका लागि दुई खेमावीच तीव्र प्रतिस्पर्धा भएको छ । मतदान सकिए पनि परिणाम आउन बाँकी छ ।

संस्थापन पक्षबाट रामदेव साह सभापतिका उम्मेद्वार बनेका छन् भने रामकुमार यादव सचिवमा र बद्रीनारायण चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी देउवा पक्षबाट वर्तमान सभापति दिनेश यादव, सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरीले उम्मेदवारी दिएका छन् ।

सोमबार भएको मतदानमा ११ सय ६४ जनाले मतदान गरेका छन् । कुल ११ सय ९१ मतदाता रहेको सप्तरी काँग्रेसको नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने काँग्रेसीहरुले बताएका छन् ।

निर्वाचन प्रकृया एकदमै तामझामका साथ गरिएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्नका लागि निर्वाचनस्थलमै विभिन्न किसिमका नारा लगाउँदै कार्यकर्ताहरुले पर्चा, पम्पलेट बाँडे ।

मतदाताहरुलाई प्रभावमा पार्न दुबै पक्षले आ-आफ्नै मेस नै सञ्चालन गरेका छन् । संस्थापन पक्षले स्थानीय साह धर्मशालामा र देउवा पक्षले सभापति पदका उम्मेदवार दिनेश यादवको घरैमा पछिल्लो चार दिनयता भोजको प्रबन्ध गरेका थिए ।

गाउँ-गाउँबाट राजविराज आउने मतदाताहरुका लागि खाना र खाजा दिनुका साथै राजविराजका होटल तथा लजमा राख्ने काम गरिएको छ ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न दुबै पक्षले जुँगाको लडाइझैं आर्थिक खर्च गरिरहेको स्रोतले बतायो । काँग्रेसको निर्वाचनका कारण राजविराजमा अत्यधिक चहल-पहल बढेको छ ।

विद्यालयको पढाइ रोकेर अधिवेशन
नेपाली कांग्रेस सप्तरीले विद्यार्थीहरुको पढाइसमेत रोकेर नयाँ नेतृत्व चयन प्रकृया अपनाएको छ । अधिवेशनका कारण सोमबार सदरमुकाम राजविराजस्थित केशो अनिरुद्धवति माविको पढाइ रोकिएको थियो ।

निर्वाचनको कार्यक्रम गरेपछि विद्यालयको पठनपाठन हुन सकेन । पढ्न आएका विद्यार्थीहरुलाई फर्काइएको थियो ।

काँग्रेसले नयाँ नेतृत्व चयनका लागि यसै विद्यालयमा बिहीबार र शुक्रबार उम्मेदवारी दर्ता गराएको थियो । ती दुई दिन पढाइ प्रभावित नभएपनि सोमबार विद्यालय बन्द गरिएको थियो ।

यो विद्यालयमा ७ सय ५६ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १ सय ७४ जनाले एसएलसीको तयारी गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद साहले तीन दिनअघि विद्यालयमा निर्वाचन गर्न दिन काँग्रेसका नेताहरुले भने पनि आफूले नमानेको बताए ।

तर, सोमबार बिहान काँग्रेसका मतदाता तथा उम्मेदबारहरु बिहानैदेखि विद्यालयमा आएर भिड गरेपछि पढ्ने वातावरण नहुँदा विद्यार्थीहरु र्फकेर गएको प्रधानाध्यापक साहले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here