विप्लव माओवादीको मकवानपुरमा प्रर्दशन

27
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,९ साउन
राज्यले सुकुम्वासीको आवास भत्काउँदै आतङ्क मच्याएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले हेटौँडामा विरोध प्रर्दशन गरेको छ । आज हेटौँडाको कर्राबाट निकालेको ¥याली कान्तीराजपथ–मानसचौक– हेडम्बीहाईट–बुद्धचौक हुँदै सिमाचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै विप्लव माओवादीका केन्द्रीय सदस्य एवमध्र नारायणी ब्युरो प्रमुख चिरण पुनले राज्यले केहि नभएका गरिब तथा निमुखा सुकुम्वासीमाथी बर्बर दमन गरेको बताए । राज्य त्यस देशको नागरिकको अभिभावक हुनुपर्नेमा अझ उनिहरुको वास नै उखेल्ने गरि सुकुम्वासीको घरमा आगो लगाउने, डोजर चलाउने काममा क्रियाशिल रहेको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिए । सुकुम्वासीको समस्यालाई समधान गर्दै उनीहरुको गाँस बासको ग्यारेन्टी राज्यको दायित्व भएको उनको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै विप्लव माओवादी मकवानपुरका नेता गोकुल दाहालले राज्यको दमनको विरोधमा भोली नेपाल बन्दको आयोजना गरिएको बताए । हेटौँडामा भएको प्रर्दशनमा सयौँको सङध्रख्यामा सुकुम्वासीको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here