विभिन्न अपराधमा संलग्न तीन जना फरार अभियुक्त पक्राउ

33
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २ – विभिन्न अपराधमा संलग्न भई अदालतले दोषी करार दिएपछि फरार भएका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । २०५६ साल चैत्र २७ गते जिल्ला अदालत मकवानपुरले लागुऔषध गाँजाको मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको तर फरार रहेका बसामाडीका डिलबहादुर मुक्तानलाई पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले गएको २०६७ साल कात्तिक २३ गते पुनारावेदन अदालतले जवरजस्ती करणीको आरोपमा ६ महिना कैद तोकेको तर फरार रहेका बसामाडीकै अजित न्यौपाने तथा पुनारावेदन अदालतलेनै २०६० साल चैत्र १२ गते बन्दुक चोरीको आरोपमा एक महिना १५ दिन कैद र ९ हजार रुपैयाँ जरिवाना तोकिएका फरार पदमपोखरीका वीरबहादुर लामालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here