विराटनगरका स्वास्थ्य संस्थामा चरम बेथिति

26
Want create site? Find Free WordPress Themes and plugins.

२३ फागुन, विराटनगर । पुर्वाञ्चलकै मेडिकलको हवका रुपमा विकास हुदै गएको विराटनगरका अधिकांश स्वास्थ्य संस्थामा चरम वेथिति रहेको पाइएको छ ।
औषधि व्यवस्था विभाग विराटनगरले नगरका औषधिपसल सहित निजी नर्सिङ होममा गरेको अनुगमनका क्रममा विना दर्ता स्वास्थ्य संस्था संचालन, म्याद सकिएका औषधि राख्ने एवं ल्याव लगायतका क्षेत्रमा चरम लापारबाही फेला परेको हो ।

विराटनगर उपमहानगरपालिका १७ मा रहेको चन्द्रमा औषधि पसलले डाक्टरको लाइसेन्स नलिई चेकजाच गरेको भेटिएको थियो । अनुगमनका क्रममा जयनारायण यादवद्धारा विराटनगर १६ मा संचालित नामबिनाको औषधि पसल बन्द गरेर सञ्चालक भागेका थिए । यादवले नै संचालन गरेको ल्याब अव्वस्थित पाइएको थियो ।

विराटनगर १४ मा रहेको सप्तकोशी नर्सिङ होममा म्याद सकिएका औषधि, अनुगमन टोलीले फेला पारेको थियो । अनुगमन टोलीले म्याद सकिएका ११ प्रकारका १९ थान इन्जेक्सन तथा औषधि बरामत गरेको छ । म्याद सकिएका औषधिहरुमा सोडियम कार्वोनेट सुइ, एमिनो फाइलिन डोपामिन तथा श्वास प्रश्वासमा प्रयोग गरिने इन्जेक्सन रहेका छन् ।

औषधि व्यवस्था विभागका प्रमुख गणेश तामाङ, वाणिज्य, आपुर्ति तथा सामान्य प्रसासन मन्त्रालयको निर्देशनमा काठमाण्डौवाट आएको टोलीले संयुtm रुपमा औषद्यी पसल एव स्वास्थ्य संसथाको अनुगमन गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here