वीरगञ्ज महानगरमा उल्लासपूर्ण रुपमा मनोनयन दर्ता

23
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२१–

स्थानीय तहको तेश्रो चरणको २ असोजमा हुने निर्वाचनको लागि बुधवार पर्साका सबै स्थानीय तहमा मनोनयन दर्ता भएको छ । बाजागाजासहितका जुलुसमा दलका कार्यकर्ताहरु उत्साह र  उमंगका साथ नाचेका थिए ।

भोजपुरी भाषामा निर्माण भएका चुनावी गीतले वीरगञ्जको दिनभरिको वतावरणलाई संगीतमय बनाएको थियो । प्रदेश नं २ को एक मात्र महानगर वीरगञ्जमा राजनीतिक रुपमा चुनावको माध्यमबाट स्थापित हुन सबै दलहरुले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । टोपी टिर्सट झण्डाको ब्यपाक प्रयोग भएको छ । जुलुसमा स्कार्पियो टाटा सुमो ट्रयाक्टर र ब्याट्रीबाट चल्ने अटोरिक्साहरुको प्रयोग गरिएको थियो । मनोनयन दर्ताको भन्दा पहिला राजनीतिक दहरुले वीरगञ्जमा आफ्नो प्रदर्शन सकेका थिए । सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालको जुलुसले वीरगञ्ज परिक्रमा गरेको थियो । जुलुसको नेतृत्व पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको थियो । वीरगञ्जको मुख्य शहरका सडका दायाँ बायाँ रहेका नागरिकलाई अभिभावदन गर्दै यादवले आफ्ना उम्मेदवार विजय सरावगीलाई जिताउन अपिल गर्नुभएको थियो ।

यादवको जुलुसमा भने गाडी व्यापक प्रयोग गरिएको थियो । संघीय असमाजवादी फोरम नेपालका मेयरका उम्मेदवार विजय सरावगी र उपमेयरका उम्मेदवार पिंकी यादवले भने आफ्ना वारेसहरु पठाएर मनोनयन दर्ता गराउनु भएको थियो ।  त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि जुलुससहित निर्वाचन कार्यालयमा गएर आफ्नो मनोनयन दर्ता गराएको थियो । केन्द्रका तर्फबाट रहवर अन्सारीले मेयर र दुर्गा क्षेत्रीले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।नेकपा एमालेले वीरगञ्जको आदर्शनगर रंगशलालाबाट जुलुश निकालेको थियो । जुलुशले वीरगञ्जको मुख्य सडक हँदै निर्वाचन कार्यालयमा पुगेको थियो । एमालेका तर्फबाट बसरुद्दिन अन्सारी र  सोफिया आचार्यले मेयर  र उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।  मनोनयन दर्ता पनि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर उम्मेदवार  अन्सारीले जुलुसको सहभागिताले पनि आफूहरुको जित सुनिश्चत गरेको प्रतिक्रिया दिनुभयो । एमालेका काकर्यर्ता तथा समर्थकहरुको जुलुसमा उलेख्य सहभागिता रहेको थियो ।

राजपाले  जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको रातो बंगलाबाट जुलुश निकालेर जिल्ला विकास समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको छ । राजपाको तर्फबाट राजेशमान सिंह मेयर र उपमेयरमा रम्भादेवी मिश्रको मनोनयन दर्ता भएको छ ।  त्यस्तै वीरगञ्जको नगरसभागृहबाट नेपाली कांग्रेसले आफ्नो जुलुस निकालेको छ । नेपाली कांग्रेसको तर्फबाट पार्टी जिल्ला सभापति अजय कुमार द्विवेदीको मेयरमा उम्मेदवारी परेको छ भने उपमेयरमा शान्ति कार्कीको उम्मेदवारी परेको छ । त्यसैगरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट मेयरमा बिमल श्रीवास्तव र उपमेयरमा रिंकु यादवको उम्मेदवारी दर्ता भएको छ । नेपाली जनता दलको तर्फबाट मेयरमा मनोज रौनीयार उपमेयरमा गौतली राउतको उम्मेदवारी परेको छ ।

त्यस्तै नेकपा संयुक्तको तर्फबाट मेयरमा मुना कुमार र उपमेयरमा बविता देवीको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ । महम्मद राजा, लक्ष्मण साह तेली ,देवकीलाल साह, बिल्टु राउत बरै छोटेलाल प्रसाद कुर्मीले र बिकाउ राउत बरैले स्वतन्त्रमा मेयरमा उदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राप्रपा प्रजातान्त्रिकको तर्फबाट सुमेश्वर उपाध्याय, अमोद गिरी र श्यामबाबु पटेलले स्वतन्त्र रुपमा उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here