वैशाख ३१ र जेठ ३१ गते चुनाव गर्ने सरकारको निर्णय एमालेलाई अमान्य

212
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,१०–

नेकपा एमालेले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोश्रो चरणको चुनाव जेठ १५ गते अघि नै गर्नु पर्ने निष्कर्ष निकालेको छ ।  संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने भएकाले बजेट अघि र बजेट पछि दुई चुनाव हुन नसक्ने र निर्वाचन आचार संहिताले पनि त्यस्तो गर्न नदिने एमालेको निष्कर्ष छ । जेठ ३१ मै दोस्रो चरणको चुनाव गर्ने भए संविधान संशोधन गरेर बजेट असारमा सार्वजनिक गर्नुपर्ने एमालेको ठहर छ ।  बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले मोर्चासँग गरेको सहमति र संविधानको संशोधन प्रस्तावको मस्यौदा अहिलेसम्म हात नपरेको भन्दै त्यो मस्यौदा अध्ययन गरेरआधिकारिक धारण सार्वजनिक गर्ने बताउनुभयो  ।  बैठकमा ओलीले संविधानमा चुनावलाई असजिलो गर्ने विषय छन् भन्ने ती विषयलाई संशोधन गर्न सकिने तर चुनावसँग नजोडिएका संविधानका विषयलाई चुनाव अघि संशोधन गर्न नसकिने पनि बताएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । ओलीले आज प्रचण्डसँग भएको वार्ताका बारेमा पनि बैठकमा जानकारी दिनुभएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here