शक्ति एफ.एम १०३.४ मेगाहर्ज ९ औं वर्षमा प्रवेश

95
Want create site? Find Free WordPress Themes and plugins.

असार,१७-

हेटौंडाबाट नियमित प्रसारणमा रहेको सामुदायिक रेडियो शक्ति एफ.एम. १०३.४ मेगाहर्ज ८ औँ वर्ष पुरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । महिला घरेलु सामान उत्पादक सहकारी संस्थाद्वारा संचालित रेडियो ३ नम्बर प्रदेशकै एक मात्र महिला स्टेसन म्यानेजर भएको तथा महिलाहरुद्वारा नै व्यवस्थापन भएको रेडियो हो ।  साथै महिला रेडियो स्टेसनका रुपमा पहिलो पटक लाइसेन्स् समेत रेडियोले प्राप्त गरेको थियो ।

वि.संं २०६६ साल असार १७ गतेबाट परिक्षण प्रसारण सुरु भएको रेडियोलाई स्टेसन म्यानेजर सपना कँडेलले अलग धारमा अगाडि बढाउँदै आएकी छिन् । रेडियोको नियमित प्रसारण वि.सं. २०६८ कार्तिक २२ गतेदेखि भएको हो । रेडियोको वार्षिक उत्सवका अवसरमा शनिबार रेडियोको कार्यालय हेटौंडा–४ मा एक कार्यक्रममको आयोजना गरी नवौँ वार्षिक उत्सव मनाईएको छ । कार्यक्रममा बोल्दै रेडियोका प्रबन्ध निर्देशक ध्रुवराज ढकालले अब रेडियो नयाँ योजनाका साथमा अगाडि बढ्ने बताए । उनले आगामी दिनमा रेडियोले थप कार्यक्रमहरु प्रसारण हुने समेत बताए सुरुवातमा १०० वाटबाट सुरु भएको रेडियोले स्थापना भएको तेस्रो वर्षमा नै ५०० वाट क्षमताको लागि अनुमति प्राप्त गरी सेवा विस्तार गरेको उनले बताए ।

रेडियोका प्रबन्ध निर्देशक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार समाज मकवानपुरका अध्यक्ष एवं तु खबर डटकम अनलाईनका प्रधान सम्पादक गिरिजा अधिकारी, अन्नपूर्ण पोष्टका जिल्ला संवाददाता कृष्ण सारु मगर, मिडिया नेपालका अध्यक्ष जीवराज बखरेल, नेपाल टेलिभिजनका दिपक पराजुली लगायतका हेटौंडाका पत्रकारहरु तथा रेडियोका पूर्व कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here