शनिबार सूचना निकाल्दै लाइसेन्स आवेदन बन्द गरेपछि कार्यालय तोडफोड

23
Want create site? Find Free WordPress Themes and plugins.

असोज ९ – महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड भएको छ । लामो समयपछि खोलिएको चालक अनुमतिपत्र लाइसेन्सका लागि खोलिएकोे आवेदनको मिति सारिएको भन्दै सेवाग्राहीले अञ्चल यातायात कार्यालयमा तोडफोड गरेका हुन । कार्यालयले दुईपांग्रे र चारपांग्रेको लाइसेन्सका लागि असोज ९ गतेदेखि १२ गतेसम्म मोटरसाइकल र १३ र १४ गते स्कुटरका लागिआवेदन खुल्ला गरेको थियो । तर, शुक्रबारको मिति राखेर शनिवार सूचना निकालेर कार्यालयले आवेदनको समय परिर्वतन गरेपछि आक्रोशित भएका सेवाग्राहीले कार्यालय प्रमुखको कार्यकक्ष तथा लाइसेन्स फाँट र लेखाफाँटमा तोडफोड गरेका छन् । यातायात कार्यालयले लामो समयपछि चालक अनुमति पत्रका आवेदन खोलेकोमा विविध कारण देखाउदै आवेदनको समय सारेकाले विरोध स्वरुप कार्यालयमा तोडफोड भएको सेवाग्राही दीप भट्टले बताउनुभयो । आक्रोशित भएका सेवाग्राहीले कार्यालयमा तोडफोड गरी कार्यालय प्रमुख खेमराज चौधरी माथि हातपात गर्न खोजेपछि कार्यालय प्रमुखलाई प्रशासन कार्यालयमा लगेर सर्वपक्षिय छलफल गरिएको छ । छलफलमा मोटरसाइकलका लागि असोज ९ गतेदेखि नै १८ गतेसम्म र स्कुटरका लागि १९ गतेदेखि २१ गतेसम्म चालक अनुमतिपत्रको आवेदन बुझाउन सकिने सहमती भएको अञ्चल कार्यालयले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here