शनिबार हुने अन्तर्राष्ट्रिय पोखरा म्याराथन को तयारी पूरा

62
Want create site? Find Free WordPress Themes and plugins.

२० फागुन, पाेखरा । खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आउँदो शनिबार हुने ‘सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ दौड प्रतियोगिताको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथन, विद्यालय स्तरीय छात्र/छात्रा ५ किलोमिटर दौड र हृविल चियर महिला/पुरुष दौड समावेश गरिएको छ । म्याराथनमा सहभागिताका लागि अहिलेसम्म २ विदेशीसहित ५० भन्दा बढीले नाम दर्ता गरिसकेको मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए ।

उनका अनुसार विद्यालय स्तरीय छात्र दौडका लागि २ सय, छात्रा दौडको लागि १ सय ७५, हृविल चियर महिला तथा पुरुष दौडका लागि ८/८ जनाले नाम दर्ता गरिसकेका छन् । दर्ता गर्ने शुक्रबारसम्मको छ ।

म्याराथनको उपाधि बिजेतालाई ६० हजार, दोस्रो, तेस्रो, चौथो हुनेलाई क्रमसः ४०, २५ र ४ हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, विद्यालय स्तरीय ५ किलोमिटर छात्र/छात्रा दौडमा प्रथम हुनेलाई ७, द्वितीयलाई ५ र तृतीयलाई ३ हजार तथा हृविल चियर महिला/पुरुष दौडमा प्रथम हुनेलाई ३ हजार, द्वितीयलाई २ हजार र तृतीयलाई १ हजार प्रदान गरिने छ ।

नवौं संस्करणसम्म सम्पन्न भएर २०६७ सालदेखी स्थगित भएको यस प्रतियोगिता यस वर्षदेखी पुनः आयोजना गरिन लागिएको हो ।

प्रतियोगितालाई सुजल डेरिको उत्पादन सफल दुधले प्रायोजन गरेको छ । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here