शशांकको अभिव्यक्ति अर्थपूर्ण छ, हिसाव राख्नुस्ः प्रचण्ड

44
Want create site? Find Free WordPress Themes and plugins.

२९ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालामाथि सार्वजनिक रुपमा प्रश्न उठाएका छन् ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा शशांकले दिएको अभिव्यक्ति अर्थपूर्ण रहेको उनले बताए ।

शनिबार राजधानीमा भएको कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महामन्त्री शशांक कोइरालाको नाम नलिई भने-‘संघीयता आवश्यक छैन, धर्मनिरपेक्षता आवश्यक छैन भनेर ठूलै पार्टीको एक जना निर्वाचित ठूलै नेताले भनिसक्नु भो । तपाई हिसाव गर्नुहोला ।’

कांग्रेसको महाधिवेशन अघि शशांकले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नु पर्ने बताएका थिए । कांग्रेसको १३औं महाधिवेशनले शशांकलाई महान्त्रीमा निर्वाचित गरेको छ ।

उनले माओवादी पार्टीहरुबीच तत्काल एकता नगरिए पाएका उपलब्धिहरु पनि गुम्ने खतरा रहेको बताए । संविधानको कार्यान्वयन गरी थप उपलब्धि हासिल गर्नका लागि विगतका गल्ती कमजोरीको समीक्षासहित पार्टी एकता गरेर संघर्ष गर्न आवश्यक रहेको उनले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here