शार्वजनिक शौचालयमा ‘कोरेक्स’

120
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा 32,धमेन्द्र
जिल्ला प्रहरीले दैनिकजसो कोरेक्स सहित पक्राउ परेको अभियुक्तलाई सार्वजनिक गरिरहदा समेत मकवानपुरको हेटौँडा १० बसपार्कमा रहेको सार्वजनिक शौचालयमा कोरेक्सका बोतलहरु पाइन्छ । सर्बसाधरण यात्रुहरुलाई शौच गर्नको निमित्त निर्माण गरिएको सार्वजनिक शौचालय लागुपदार्थ प्रयोगकर्ताको अखडाको रुपमा परिणत भएको थाहा पाउदा समेत शौचालय ब्यवस्थापनको जिम्मेवारी बहन गरेको हेटौडा नगरपालिका, स्थानीय आदर्श टोल विकास सस्था मौन रहदा स्थानीय तथा ब्यवसायी मारमा परेका छन् । टाढाबाट यात्रा गरेर आएका यात्रुहरुलाई शौचको लागि सुविधा होस भनेर निर्माण गरिएको सार्वजनिक शौचालयको निकै नजिग रहेको जिल्ला प्रहरी कार्यालय, चौविसै घण्टा डिउटीमा रहेका प्रहरीकै अगाडी लागुऔषध प्रयोगकर्ताले शौचालयलाई लागुऔषध प्रयोग भुमिको रुपमा प्रयोग गर्दा समेत स्थानीय नगरपालिका तथा प्रशासन मौन रहनु निकै गम्भिर विषय भएको बसपार्कका एक ब्यवसायिले बताए । उनले भने ‘हामै्र अगाडी लागु औषधको प्रयोग गर्नेहरु त्यो ‘ट्वाईलेटमा’ प्रबेश गर्दै लागुऔषध प्रयोग गर्दा समेत हामी मौन रहनु पर्ने वाध्यता छ ।’ यसबारे स्थानीय नगरपालिका शौचालयको ब्यवस्थापकिय जिम्मा लिएको स्थानीय आदर्श टोल विकास सस्था तथा प्रहरी प्रशासनलाई जानकारी रहेको भएपनि उचित कदम नचालिँदा शौचालय लागुऔषध प्रयोगकर्ताको अखडा बन्ने गरेको स्थानीय ब्यवसायिहरुले बताए । शौचालयभित्र लागुऔषध प्रयोग गरिरहेको समयमा यात्रु तथा बटुवा शौचालय प्रबेश गरे उनिहरुले अमर्यादित क्रियाकलाप समेत गर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । उता हेटौाडा नगरपालिकाका प्रवक्ता भिमप्रसाद तिमल्सिनाले आफुहरुलाई स्थानीयतहबाट हालसम्म जानकारी नभएको र उक्त शौचालयको ब्यवस्थापकिय जिम्मेवारी आदर्श टोल विकास सस्थाले लिएको जनाए । आदर्श टोलविकास सस्था मार्फत पनि जानकारी नआएको बताउँदै उनले चाँडैनै स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त शौचालयलाई दुब्र्यसनमुक्त बनाउने बताए । उता आर्दश टोल विकास सस्थाका अध्यक्ष रमेशरत्न स्थापितसँग पटक–पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here