शिवरात्रीकै दिन शिव मन्दिर नजिकै बम भेटियो

27
Want create site? Find Free WordPress Themes and plugins.

जुम्ला, फागुन २४ – सोमबार जुम्ला चन्दननाथ नगरपालिका-९ मिचागाउँ खलाचौर शिवमन्दिर नजिकै वेवारिसे अवस्थामा भेटिएको छ । नेपाली सेनाको टोलीले भेटिएको सकेट बम निस्कृय गरेको छ ।

स्थानीय बासिन्दाले बम फेला परेको प्रहरीलाई जानकारी गराएपछि भगवती दल गण जुम्लाका सह सेनानी सिजन थापाको नेतृत्वमा गएको ७ जनाको टोलीले बम निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक दिलबहादुर थापाले बताउनुभयो ।

बम भेटिएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बम द्धन्द्धकालमा छुटेको हुन सक्ने अनुमान गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here