शेरबहादुरको पक्षमा भोट माग्दै खुमबहादुर सडकमा उत्रिए

31
Want create site? Find Free WordPress Themes and plugins.

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का शेरबहादुर देउवाको पक्षमा भोट माग्दै सडकमा उत्रिएका छन् । खड्का सोमबार भृकुटीमण्डपमा पुगेर देउवालाई जिताउन खटिएका हुन् ।

‘खुमबहादुरजीले अस्वस्थताका वीचमा पनि भृकुटीमण्डपमा खटिएर देउवाको पक्षमा भोट मागिरहनुभएको छ,’ खड्का निकट कांग्रेस नेता कुमार रेग्मीले अनलाइनखबरसूग भने, ‘उहाँका बारेमा गलत हल्ला चलाइएको छ, खुमबहादुरजी पहिलेकै अडान अनुसार शेरबहादुरको पक्षमा खुलेर लाग्नुभएको छ । उहाँ विरामी हुनुहुन्छ, तैपनि देउवालाई जिताऔं भन्दै हिँडिरहनुभएको छ ।’

खड्का मिर्गौला सम्बन्धी रोगबाट पीडित छन् । उनी हालै दिल्लीबाट उपचार गराइ स्वदेश फर्किएका थिए । संक्रमणको डरले खड्का मुखमा मास्क लगाएर सार्बजनिक कार्यक्रमहरुमा उपस्थित हुने गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here