श्रीमतीको मृत्युपछि प्रहरी नायब निरीक्षक पक्राउ

36
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २३ – काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने सङ्गीता थापा पाण्डे शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उहाँका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासिन्दाको रोहवरमा ढोका फोरेको थियो । ढोका फोरी हेर्दा कोठाको खाटमा ब्लाङ्केट ओढेको अवस्थामा नाक र मुखबाट फिँज आई पाण्डे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भई इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक पाण्डेलाई प्रहरीले पक्रेर थप अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले पाण्डेको हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै सोह्रखुट्टे क्षेत्रमा प्रदर्शन गरेका छन् । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here