श्वेता खड्का बन्ने भइन् आरजे

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२८–

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको सिनेमा ‘कान्छी’ यही फागुन ४ गते देखि  प्रदर्शन हुँदैछ । यही मितिमा रिलिज हुने भनिएको सिनेमा ‘मंगलम’ पछि सरेपछि यो सिनेमाले सोलो रिलिज हुने मौका पाएको छ । सिनेमा सोलो रिलिज हुने भएपछि कान्छी अर्थात स्वेता खुशीका साथ सिनेमाको प्रचार–प्रसारमा जुटेकी छिन् ।

सिनेमाको प्रचार प्रसारको क्रममा रहेकी स्वेता अब  कार्यक्रम प्रस्तोता हुने भएकी छिन् । उनले नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो रेडियो अडियोमा अब कार्यक्रम सञ्चालन गर्ने भएकी छिन् । रेडियो अडियोमा उनले सञ्चालन गर्ने कार्यक्रमको नाम ‘कान्छी शो’ राखिएको छ । यस कार्यक्रममा श्वेताले अन्य सेलिब्रेटीहरुलाई अतिथिको रुपमा बोलाएर कुरा गर्ने भएकी छिन् । फागुन ४ सिनेमा प्रदर्शनको मितिलाई मध्यनजर गर्दै उनले माघको पहिलो सातादेखि ‘कान्छी शो’ सञ्चालन गर्ने भएकी हुन् । आकाश अधिकारीको निर्देशन रहेको सिनेमा ‘कान्छी’मा स्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राईले काम गरेका छन् । यसका अलावा अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासीया लगायतका कलाकारहरुको यस सिनेमामा मुख्य भूमिका छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here