संघका एशोसियटस्लाई अभिमुखीकरण

33
Want create site? Find Free WordPress Themes and plugins.

आश्विन,७
मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको अटो मोबाईल एशोसियसन र अटो मेकानिक्सका पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । अन्तक्र्रिया कार्यक्रममा करीब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अटो मोबाईल एशोसियसनका अध्यक्ष सुदेश कुमार श्रेष्ठले यस्ता कार्यक्रम गाउँगाउँ सम्म पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । यदि कोही कसैले आफ्ना बालबालिकालाई आफूले गरिरहेकै स्थानमा सीप सिकाउने अभिप्रायले काममा लगाएकोछ भने, त्यस्तालाई बाल शोषण भन्न नमिल्ने जिकीर गर्नुभयो । कार्यक्रममा अटो मोबाईल्स इञ्जिनियरिङ्गका अध्यक्ष अशोक जोशीले आफ्नो एशोसियसनमा आबद्ध कुनै पनि सदस्यका व्यवसायिक प्रतिष्ठानमा बालश्रम नरहेको बताउनु भएको छ । हेटौडा–उपमहानगरपालिकाको समन्वय र प्लान इन्टरनेशनलको सहयोगमा कार्यक्रम भएको हो । कानून व्यवसायी मनप्रसाद भट्टराईले सहजीकरण गर्नु भएको कार्यक्रममा मउवासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । अन्तक्र्रिया कार्यक्रममा बाल कल्याण समाजका जिल्ला संयोजक प्रकाश खतिवडा, कार्य समिति सदस्य माधव न्यौपाने, कार्यकारी सचिव विवेक मानन्धर, कार्यक्रम अधिकृत देवराज पन्त, बाल कल्याण समाजका कार्यक्रम प्रबन्धक कमल फुयाल, सहजकर्ता श्रद्धा प्रधान लगायतको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here