संघको अधिबेशन पौष १५ बाट, उपाध्यक्षमा भण्डारी आए

11
Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक,१७-

मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा तथा अधिबेशन आगामी पौष १५, १६ र १७ गते गर्ने निर्णय गरेको छ । आज बसेको संघको नियमित बैठकले सर्वसम्मत रुपमा विशेष कारणबश सो मितिमा अधिबेशन गर्ने निर्णय गरेको हो । यस अघि संघले पौष २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।  यसै गरी आजकै बैठकले संघको रिक्त उपाध्यक्ष पदमा उज्वल शर्मा भण्डारीलाई चयन गरेको छ । संघका तत्कालीन उपाध्यक्ष लबशेर विष्ट थाहा नगरपालिकामा गत स्थानीय चुनाबबाट नगर प्रमुखमा निर्वाचित भएपछि उनले सो पदबाट राजीनामा दिएसँगै उपाध्यक्ष पद रिक्त रहदै आएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here