संघसँग भएको सहमतिलाई ट्राफिक प्रहरीले कार्यान्वयन गर्नुपर्ने–अध्यक्ष न्यौपाने

58
Want create site? Find Free WordPress Themes and plugins.

भाद्र,३१  मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडा बजारमा सवारी पार्किङ्ग व्यवस्थित गर्ने विषयमा सरोकारवाला निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा हेटौंडा उप–महानगरपालिका सँग छलफल तथा अन्तक्र्रिया गरेको छ । विगतमा मउवासंघको पहलमा हेटौडा उप–महानगरपालिका, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग हाल खाली र उपलब्ध भएको स्थानमा नै अर्को विकल्प नभएसम्मका लागि सवारी पार्किङ्ग गर्ने सहमतिलाई ट्राफिक प्रहरीले वेवास्ता गर्दै हिजोबाट ती स्थानमा राखिएका सवारीमाथि कार्वाही गरेको थियो । व्यवसायीहरु प्रहरी प्रति रुष्ट भएपछि संघको पहलमा सो छलफल गरिएको हो । छलफल कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले विगतको सहमतिलाई सरोकारवाला निकायले वेवास्ता गरेको र यसले व्यवसायीलाई असर पारेकोले यस तर्फ गम्भीर हुन आग्रह गर्नु भयो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण थापाले ट्राफिक प्रहरीले सवारी व्यवस्थापन मात्र गर्न खोजेको बताउनु भएकोछ । नगरपालिकाले सवारी व्यवस्थापनका लागि स्थान तोकिदिए सोही बमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । छलफल कार्यक्रममा प्रहरी निरीक्षक थापाले तत्कालका लागि सो स्थानमा डोरीले पार्किङ्ग स्थल तोक्न संघले भूमिका खेल्नुपर्ने र हिजो प्रहरी नियन्त्रणमा लिएका व्यक्तिलाई छोड्ने तर्फ पहल गर्ने बताउनु भएको छ । कार्यक्रममा हेउनपाका अधिकृत जगन्नाथ सापकोटाले नगरपालिकाले सवारी पार्किङ्गका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न नसक्ने र हाल भएकै स्थानबाट विकल्प खोज्न आग्रह गर्नुभयो । भाद्र ३० गते बुद्धचोक आसपासका पसल अगाडी राखिएका सवारीलाई कार्वाही गर्न थालेपछि हिजो केहीबेर सो स्थानमा तनाब श्रृजना हुँदा २ जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिजो श्रृजना भएको विषयमा छलफलका लागि हेटौंडा उप–महानगरपालिका र जिल्ला ट्राफिक प्रहरीलाई लिखित पत्र दिएपनि ट्राफिक प्रहरीको तर्फबाट संघले बोलाउदैमा छलफलमा भाग लिन बाध्यकारी नहुने टेलिफोन मार्फत बताएका प्रहरी निरीक्षक थापा छलफलका लागि उवासंघको हलमा ढिलो गरी आईपुगेका थिए । छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सल्लाहकार विजेन्द्र अग्रवाल, महासचिव महेन्द्र राउत, कार्य समिति सदस्य काव्यमणि अधिकारी, व्यवसायी लfb_img_1474038828193गायत करीब ५० जनाको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here