संचारकर्मीलाई दुर्व्यवहार भयो–महासंघ, पत्रकार भन्दै लाईसेन्स् देखाएन–प्रहरी

29
Want create site? Find Free WordPress Themes and plugins.

असार,१७-

बिहीबार साँझ करिब ७ बजेको समयमा रेडियो सरोबर ९२ दशमलव ५ मेगाहर्जका स्टेशन म्यानेजर राजु लामिछानेलाई सितलमहल चोकमा प्रहरीले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले विज्ञप्ति जारी गरेको छ । एक संचारकर्मीमाथि प्रहरीले देखाएको व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका जिल्ला सचिव गणेश दर्पण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि लेखिएको छ–‘सितलमहल चोकमा सवारी साधन चेकिङ गरिरहेको अवस्थाको फोटो खिचेकै कारण प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) डी.सी.चौधरी र प्रहरी जवान शोभी पासवानलगायतले सञ्चारकर्मी लामिछानेको मोबाइल र मोटरसाइकलको साँचो खोसेर लछारपछार गर्दै प्रहरीको गाडीमा हाल्ने प्रयास गर्नु अत्यन्तै निन्दनीय कार्य हो ।’ ‘सार्वजनिक स्थानमा प्रहरीको गतिविधि बारे समाचार संकलन तथा तस्वीर लिन पाउने प्रेस स्वतन्त्रता रहँदारहँदै पनि प्रहरीले सञ्चारकर्मीलाई गरेको यस्तो निन्दनीय कार्यको हामी घोर भत्सर्ना गर्न चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ । 

यस्ता कृयाकलापले सञ्चारकर्मीलाई आफ्नो पेशा गर्न समेत त्रसित् र हतोत्साहित भएकोले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई अनुरोध समेत महासंघले गरेको छ । साथै सञ्चारकर्मी माथि दुव्र्यवहार गर्ने असई र प्रहरी जवानमाथि कारबाहीको माग गर्दै आगामी दिनमा यस्तो हर्कत नदोहो¥याउने बिषयमा गम्भीर हुन प्रहरीलाई अनुरोध पनि गरिएको छ ।

पत्रकार महासंघले विज्ञप्ति जारी गरिरहँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वसन्तकुमार लामाले भने लामिछानेलाई लछारपछार र दुव्र्यवहार नगरेको बताएका छन् । उनका अनुसार साँझ ७ बजेपछि शितलमहल चोकमा प्रहरी चेकिङ भइरहेको थियो । सो समयमा बाईक रोकी लाईसेन्स् माग्दा लामिछानेले ‘म पत्रकार हो, किन चाहियो लाईसेन्स् ?’ भन्दै प्रहरीलाई जवाफ दिएको उनको भनाई छ । एसपी लामाका अनुसार चेकिङमा बसेका प्रहरीले कागजपत्र त पत्रकारले पनि देखाउनुपर्छ भनेपछि लामिछानेले ‘म पत्रकार हुँ, अब तिमीहरुको फोटो खिचेर हाल्छु’ भन्दै तस्बिर खिच्न थालेपछि सामान्य भनाभन मात्र भएको हो । प्रहरी र लामिछानेका बिचमा भनाभन भएपछि स्थानीयहरु पनि त्यहाँ जम्मा भएको र पछि मात्र लामिछानेले कागजपत्र देखाएको एसपी लामाले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here