‘संरक्षण’ टोली हेटौँडामा,यही श्रावण २७ गतेबाट देशभर प्रदर्शनमा आउने

31
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,२५-

यही श्रावण २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘संरक्षण’को टोली बुधबार हेटौँडा आएको छ । चलचित्रको पब्लिसिटिको क्रममा यहाँका संचारकर्मिहरुसँग अन्तरक्रिया गर्दै चलचित्रको बारे जानकारी गराउनको लागि चलचित्र टोली हेटौँडा आएको हो ।  कार्यक्रममा बोल्दै ‘संरक्षण’का निर्देशक पुनेन्द्र झाले चलचित्र एउटा पोलिटिकल ड्रामा रहेको बताए । नेपालको २०६२÷६३ साल पछिको राजनीतिक अवस्थालाई समेटेर चलचित्र बनाइएको झाले बताए । उनले भनेः ‘ समग्रमा भन्नु पर्दा, चलचित्रले पहाड र मधेसको द्वन्दको चित्रण गरेको छ ।

’ चलचित्रमा मिडिया,प्रहरी, शक्ति, जनता र राजनीतिलाई मुख्य बनाइएको झाले बताए ।  कार्यक्रममा बोल्दै चलचित्रका निर्माता एवम् चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले एकपटक सबैले ‘संरक्षण’ हेर्नैपर्ने बताए । आफुले अरुभन्दा फरक चलचित्र निर्माण गर्न रुचाउने भएकोले पनि संरक्षणलाई सबैले मन पराउनेमा आफु विश्वस्त रहेको उनले बताए ।  चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलाकार राज कटुवाल, शुसान्त श्रेष्ठ , लगायतको आतिथ्यता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here