संविधान संशोधनपछि मात्रै २ नम्बर प्रदेशको निर्वाचनः महरा

106
Want create site? Find Free WordPress Themes and plugins.

असार,३१-

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्रै २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन् । उपप्रधानमन्त्री महराले संविधान संशोधन गरेर २ नम्बर प्रदेशको निर्वाचन गर्ने बताए पनि संशोधनको आवश्यक संख्या सरकारले कसरी जुटाउँछ भन्नेबारे केही पनि बताएनन् । संविधान संशोधनका लागि नेकपा (एमाले) ले पनि साथ दिनुपर्ने उनको भनाइ छ । उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे । उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुगेका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here