संविधान संशोधनविरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन, सरकारी गाडी तोडफोड

36
Want create site? Find Free WordPress Themes and plugins.
मंसिर,१५-
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेका भ्रातृ संगठनले राजधानीमा  प्रदर्शन गरेको छ । एमालेका भ्रातृ संगठन युवा संघ र अखिलको आहृवानमा प्रदर्शन भएको हो । एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । सो क्षेत्रमा सवारी आवत-जावत समेत प्रभावित भयो । त्यसक्रममा प्रदर्शनकारीहरुले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् । गाडीको पछाडिको सिसा फुटेको छ ।

युवा संघ र अखिलले सरकारले मुलुकको राष्ट्रिय अखण्डता र एकता बिथोल्ने गरी संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन् । विरोधसभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजिव पहारीले सरकारले भारतीय विस्तारबादको एजेण्डा अनुसार नेपालको राष्ट्रिय अखण्डता भाँड्न संसोधन प्रस्ताव ल्याएको आरोप लगाए । विरोध प्रर्दशनका क्रममा युवाहरुले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावको प्रति समेत जलाए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here