संविधान संशोधन गरेर मधेसको मुद्दा समाधान गर्छौं गृहमन्त्रीले भने

46
Want create site? Find Free WordPress Themes and plugins.

असोज ८ – तीन दिनका लागि धनुषा आउनु भएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन मार्फत मधेसका मुद्दा समाधान गर्ने बताउनु भएको छ । शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधनको पक्षमा प्रतिपक्षी नेकपा एमालेसमेत सहमत हुने बताउनुभयो । नेकपा एमालेले समेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेको अवस्थामा संशोधन प्रक्रियामा एमालेको समेत सहभागिता रहने विश्वास भन्दै संशोधनको माध्यमले वर्तमान असहमति र विवादका मुद्दाहरु सुल्झिने बताउनुभयो । निर्धारित समयमै स्थानीय चुनाव हुने दावी गर्दै गृहमन्त्री निधिले सीमाङ्कन सम्बन्धी संवैधानिक आयोगको बुझाइसँग फरक मत रहेको र सबै धारणालाई एक ठाउँमा ल्याएर सर्वस्वीकार्य हुने किसिमको सीमाङ्कनका आधारमा स्थानीय निर्वाचन आउँदो चैत मसान्तभित्र गराउने सरकारको तयारी रहेको उहाँको भनाई छ । उपप्रधान तथा गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका निधीलाई नेपाली कांग्रेसका नेता कार्यकर्ता र उनका शुभचिन्तकहरुले जनकपुर विमानस्थलमा भव्य स्वागत गरेका छन् । यता नेपाली कांग्रेस धनुषाले जनकपुरको विसहाराचोक स्थित पार्टी कार्यालयमा अभिनन्दन कार्यक्रम गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here