संविधान संशोधन गर्न सहमतिको प्रयास जारीः प्रधानमन्त्री

36
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास भइरहेको बताएका छन् । सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले प्रचण्डले ‘ संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको भन्दै यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको बताए । प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए ।भेटमा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here