संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने मोर्चाको निर्णय

16
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१५ –

मधेसी मोर्चाले सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले आफूहरुले उठाएका माग संशोधन प्रस्तावले सम्बोधन नगरेको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । मोर्चाले छलफल नै नगरी प्रस्ताव ल्याएको र त्यसले मधेसी, आदिवासी, जनजाति, थारु लगायतले उठाएको मागको सम्बोधन नगरेको निष्कर्ष निकालेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवले जानकारी दिनुभयो । यस्तै, संघीय समाजवादी फोरम नेपालले सरकारले दर्ता गरेको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएको माग पूर्ण रुपले सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएको छ । मोर्चा र गठबन्धनको माग बमोजिम संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको फोरम नेपालले जनाएको हो । संशोधन प्रस्तावबारे भोलि सरकारले मोर्चासँग छलफल गर्ने तयारी गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here