संविधान संशोधन भए आन्दोलन गर्ने एमाले भातृ संगठनको चेतावनी

41
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ७ – संविधान संशोधनमा असहमति जनाउँदै आएको एमालेले त्यसको विरोधमा भातृ संगठनलाई अघि सारेको छ । एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिहान पत्रकार सम्मेलन नै गरेर सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् । सत्तापक्ष नेकपा माओवादी केन्द्र र कांग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियू र युवा संघ नेपालले त्यसको विरोध गरेका हुन् । मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिपक्षको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे आन्दोलन गर्ने चेतावनी दिएको हो । संविधान संशोधन गर्ने बारेमा सहमति जुटाउन सोमबार बेलुकी बालुवाटरमा बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एमाले नेताहरुको चर्काचर्की नै परेको थियो । त्यसपछि एमाले नेताहरु संविधान संशोधन गर्न नहुने भन्दै बालुवाटारबाट हिँडेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here