संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

29
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,१२-

संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ। नेमकिपाका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ। संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमाथिको छलफलपछि सभामुखले विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतिले पारित भएको हो। अब यो प्रस्ताव विधेयक शाखामा रहने र संशोधनका लागि ७२ घन्टाको समयसीमा हुनेछ। ७२ घन्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्नुपर्नेछ। भोलि र पर्सी विदा भए पनि यो प्रक्रिया निरन्तर रहने संसद सचिवालयले जनाएको छ। संशोधनको विरोध गर्दै आएको एमालेले आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने भन्दै बैठकमा मौन बसेको थियो।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here