संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा छलफलको तयारी

22
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२५–
प्रधानमन्त्री पष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्ने बताउनुभएको छ । सभामुख ओनसरी घर्तीसँग बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य गर्न अहिलेपनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र शनिबारदेखि थप छलफल गर्ने बताउनुभएको हो । उहाँले आउँदो बिहीबार बोलाइएको संसदको अर्को बैठक सम्ममा सहमति जुट्ने विश्वास पनि ब्यक्त गर्नुभयो । भेटमा सभामुख घर्तीले संसद अवरुद्ध हुँदा चुनाव सम्बन्धि कानून, महाअभियोग प्रस्ताव लगायत महत्वपुर्ण विषय संसदमै अल्झिरहेकाले तत्काल संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको थियो । सभामुख घर्तीले आफू आउँदो बुधबारसम्म विदेशमा रहने भएकाले त्यो समय उपयोग गरेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । यसैबिच, सभामुख ओनसरी घर्ती विश्वका महिला सभामुखहरुको सम्मेलनमा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्को आबुधाबी जाँदै हुनुहुन्छ । मंसिर २७ र २८ गते हुने सम्मेलनमा भाग लिएर उहाँ मंसिर २९ गते नेपाल फर्किने कार्यक्रम छ । इन्टरनेशनल पार्लियामेण्टरियन युनियन र युएइको संसदले संयुक्त रुपमा गर्न लागेको सम्मेलनमा सभामुख घर्तीले पनि सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । उहाँ बेलुका पौने ५ बजे युएई प्रस्थान गर्नुहुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here