संसदमा घम्साघम्सी हुने भनिएको अघिल्लो दिन प्रचण्ड र ओलीबिच भेटवार्ता

43
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८–

सोमबार दिउँसो बोलाइएको व्यवस्थापिका संसदको बैठक यसअघि जस्तै स्थगित हुन्छ कि संविधान संशोधन विधेयक अघि बढ्छ भन्ने टुंगो लाग्न सकेको छैन । सत्तारुढ कांग्रेस र माओवादीले अवरोध नै भएपनि प्रक्रिया अघि बढाउने बताइरहेका छन् । एमाले सहित संशोधनको विपक्षमा रहेका दलले कुनै हालतमा विधेयक अघि बढाउन नदिने अडान राखेका छन् । दुवै पक्ष आआफ्नै हठ र अडानमा रहेकाले सोमबारको संसद बैठकमा घम्साघम्सी हुने एकथरीले आंकलन गरेका छन् । तर यस्तो स्थिति आउन नदिन शीर्ष नेताहरु गम्भीर छन् । एमालेलाई चिढ्याएर संशोधन विधेयक अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार हुनुहुन्न ।  एमालेलाई फकाउन उहाँले प्रयास गरिरहनुभएको छ । आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको बताइएको छ । प्रधानमन्त्रीले सोमबार सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिनुभएको बताइएको छ । लामो समयसम्म भएको छलफलमा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिकनजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसद्मा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बुझिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here