सत्तारुढ दल र मधेसी मोर्चाबिच आज पनि वार्ता हुँदै

15
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,९–

सत्तारुढ दल र मधेसी मोर्चाबिच शनिबार पनि वार्ता हुँदैछ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमबिच शुक्रबार दुईपटक भएका वार्ता सकारात्मक र सहमति उन्मुख भएपछि शनिबार थप छलफल हुन लागेको हो । शुक्रबारका वार्तामा सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्न तयार भए चुनावमा भाग लिने मोर्चाका शीर्ष नेताहरुले बताएका थिए । मोर्चाले स्थानीय तहलाई केन्द्र मातहत नभई प्रदेशको मातहत राख्नुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, विशेष स्वायत्त क्षेत्र र प्रदेशको सिमांकन चुनाव अघि नै टुंग्याउनुपर्ने लगायत माग राखेकोमा सत्तारुढ दल मधेसमा स्थानीय तहको संख्या थप गर्न, र चुनाव दुई चरणमा गर्न तयार भएका छन् । शुक्रबारको छलफल सकारात्मक देखिएको तर सहमति नहुँदासम्म केही पनि भन्न नसकिने राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । छलफल दिउँसो साढे २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here