सन्धिखर्कको मेयर कांग्रेसले जित्यो, उपमेयरमा माओवादी विजयी

26
Want create site? Find Free WordPress Themes and plugins.

असार,१९-

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकाे मेयर नेपाली कांग्रेसले जितेको छ । एमाले उम्मेदवारलाई पराजित गर्दै त्यहाँ कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले जित हासिल गरेका हुन् । मेयरमा निर्वाचित कांग्रेसका भुसालले ८३०३ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मतमा रोकिए  उपमेयरमा नेकपा माओवादीका ठाकुर विकको पल्लाभारी भएको छ । विक ७१२७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलको पक्षमा ६४०४ मत परेको छ । सन्धिखर्क नगरपालिकाका १२ वडामध्ये ६ वडा नेपाली कांग्रेसले, ५ वडा एमालेले र १ वडा माओवादी केन्द्रले जितेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here